बार्गेनिङ गर्ने अख्तियारका नक्कली कर्मचारी पक्राउ


सिरहा- अख्तियार दुरुपयोग अनुसन्धान, आयोगको कर्मचारी हुँ भन्दै सिरहाका विद्यालयहरूमा ‘बार्गेनिङ’ गर्ने एक जना पक्राउ परेका परेका छन् । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका-४ का वर्ष ४० का रामधनी यादव छन् ।

उनलाई आज बिहान गोलबजार नगरपालिका-३ स्थित आधारधुत विद्यालय जरुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त डीएसपी मुक्तिनाथ सापकोटाले जनाए ।

यादवले जिल्लाको लहान, सिरहा, गोलबजार, मिर्चैया, सुखीपुरलगायतका क्षेत्रका विभिन्न सामुदायिक विद्यालयमा जाने, कक्षा कोठामा बस्ने, कागजात माग्ने र बार्गेनिङ गर्ने गरेका थिए ।

प्रतिक्रिया