भगवान गणेश र हनुमानको मूर्ति चोरी गर्ने युवक प्रक्राउ


काठमाडौं- मोरङको बुढीगंगा–३ स्थितबाट मूर्ति चोरी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय २२ वर्षीय आशिष राजवंशीलाई नियन्त्रणमा दिइएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।

उनलाई मार्बलले बनेको भगवान गणेश र हनुमानको मूर्ति चोरी गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया