खोप लगाएपछि ज्येष्ठ नागरिक खुसी, भन्छन्- ‘अब त धेरै बाँचिन्छ’


गलकोट – नेपालमा कोरोनाको महामारी शुरु भएपछि सबैभन्दा जोखिममा ज्येष्ठ नागरिक थिए । कोभिडको भयावह चलिरहेका बेला ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना भाइरस सङ्क्रमणको खतरा रहेको भन्दै विशेष ख्याल गर्न आग्रह गरिएको समाचार दैनिकजसो आउँथ्यो । कोरोना रआफूहरुलाई छिटो सर्ने र ज्यानसमेत लिने समाचार सुनेर केही हतास बनेकी काठेखोला गाउँपालिका-३ निवासी श्यामकुमारी विश्वकर्मा अहिले ढुक्क भएकी छिन् ।

उनले धौलागिरि अस्पताल बागलुङको खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाईन् । ‘हामी जस्ता बूढेसकाल लागेकालाई कोरोनाले चाँडै लान्छ कि भन्ने थियो, खोप लगाएपछि अझै केही वर्ष संसार देख्न पाइन्छ कि भन्ने लागेको छ’, खोप लगाएपछि प्रशन्न मुद्रामा विश्वकर्माले भभनिन् । ‘रेडियोमा भर्खरका उमेरका युवासमेत कोरोनाका कारण मृत्यु भएको सुन्दा हामी जस्ता ७५ काटेकालाई के राख्ला भन्ने थियो, अहिले कोरोना विरुद्धकै खोप आएर लगाइयो पनि, अब कोरोनाबाट बच्ने भइयो भन्ने आश पलाएको छ ।’

बागलुङ नगरपालिका–४ का ७१ वर्षीय खडानन्द उपाध्याय, वडा नं ३ का ७५ वर्षीय खिमप्रसाद सिलवाल तथा वडा नं १० भकुण्डे निवासी ७० वर्षीया इन्द्रकुमारी पौडेलको कोरोना खोप अनुभव पनि उस्तै छ । डाँडामाथिका घाम जस्ता बनेका उनीहरुले कोरोना खोप लगाउन पाउँदा खुशी भएका मात्रै छैनन्, केही वर्ष अझै बाँच्ने आशा पलाएको बताउँछन् । ‘१० महिनासम्म कोरोनाका विषयमा सुन्दा मरिन्छ कि भन्ने थियो’, सिलवालले भने, ‘तर यति छिट्टै सरकारले कोरोना खोप ल्याउला भन्ने लागेकै थिएन, कोरोना खोप लगाएपछि कोरोना लाग्दैन भन्ने आत्मबल उच्च हुँदोरहेछ, अलि वर्ष बाँच्न पाइने भयो भनेर ढुक्क छु ।’ सिलवालले खोपको व्यवस्थापनका लागि सरकारलाई धन्यवादसमेत दिए । उनले महामारीको रूपमा रहेको कोरोना खोप लगाउन पाउँदा निकै खुशी भएको बताए ।

प्रतिक्रिया