

गोइत समूहद्वारा लहान विस्फोटको जिम्मा (विज्ञप्तिसहित)

सिराहा – सिराहा जिल्लाको लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।
विष्फोट भएको स्थानमा पनि उक्त समूहको पर्चा भेटिएको थियो । आइतबार दिउँसो भएको सो विष्फोटमा परी ७ जना घाइते भएका छन् । घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ भने एक घाइतेलाई काठमाडौं लैजाने तयारी गरिएको छ ।
विस्फोट लगत्तै जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) केन्द्र्रीय समितिका अध्यक्ष जयकृष्ण गोइतको हस्ताक्षरमा जिम्मेवारी लिँदै जारी गरेको एक विज्ञप्तिमा भ्रष्टाचारलाई नियन्त्रण गरिनुपर्ने मागसहित विस्फोट गराइएको जनाइएको छ ।
विज्ञप्तिः

