संखुवासभामा कटुवा पेस्तोलसहित एकजना पक्राउ


संखुवासभा- संखुवासभाको चैनपुर नगरपालिका–१, नूनढाकीबाट कटुवा पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैनपुर–१, नूनढाकीका ४२ वर्षीय दिलकुमार चोङवाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले जानकारी दिए । एकथान कटुवा पेस्तोलसहित चोङवाङलाई आइतबार पक्राउ गरिएको प्रहरी निरीक्षक जबेगुले बताए ।

बरामद भएको कटुवा पेस्तोलसहित चोङवाङविरुद्व मुलुकी अपराधसंहिता, २०७४ को हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया