

ओली र नेपालसँग वान टू वान वार्ता गर्ने तयारीमा गौतम, दोस्रो तहका नेताहरूलाई गालीगलौज त्याग्न आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसिभा विघटन गरेका बेला तटस्थ रहेर पार्टी एकताको अभियानमा लागेका एमाले नेता वामदेव गौतम पून एमाले जोगाउने होडमा लाग्ने भएको छ । जस्का लागी अध्यक्ष केपी ओली र वरिष्ठ नेता मावधकुमार नेपालसँग छुट्टाछुट्टै वार्ता गर्ने भएका छन् ।
राष्ट्रिय अभियानका उपत्यकामा उपलब्ध अभियन्ताहरूको शनिबार बसेको बैठकले पार्टीभित्रको समस्या समाधान गर्न अभियान सक्रिय हुने निर्णय गरेको अभियानका सचिव बाबुराम थापाले बताए ।
दोस्रो तहका नेताहरूलाई गालीगलौज त्याग्दै एकताका निम्ति दबाब दिन पनि गौतमले आग्रह गरेका छन् । एमालेभित्र र आमवाम एकताका लागि प्रयास जारी राख्ने निष्कर्षमा गौतम पुगेका छन् ।
नेताहरू विभाजित हुन थालेपछि ‘एमाले जोगाउन’ अभियानको माध्यमबाट भूमिका निर्वाह गर्ने निर्णय भएको थापाले जानकारी दिए । ओलीले शुक्रबार एकलौटी निर्णय गरेपछि नेपाल समूहले समानान्तर गतिविधि थालिसकेको छ । गौतमले ओलीको निर्णय विधि–विधान र नवौँ महाधिवेशनको भावनाविपरीत भएको ठहर गर्दै अस्वीकार र तत्काल सुधारका लागि आग्रह गर्ने बताएका छन् ।

