बारामा विना टाउको भेटिएको शवको पहिचान खुल्यो


बारा – बाराको जितपुरसिमरा–१० मा टाउको नभएको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ ।

मृतक बाराको जीतपुरसिमरा उपमहानगरपालिका– १० का १४ वर्षीय बालक साहिद हुसेन अन्सारी भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए । अन्सारी फागून ११ गते हराएका थिए । १४ वर्षीय बालक अन्सारी परवानीपुर स्थित ज्ञानसागर एकेडेमी स्कुलमा कक्षा ७ मा पढ्थे ।

एको १८ दिनपछि छोराको शव भेटिएको अन्सारीका बुवाले बताए । शव एकदमै सडेगलेको अवस्थामा थियो । परिवारका सदस्यले उसले लगाएको कपडाबाट बालकको शव पहिचान गरेका हुन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिश्रले कपडाको आधारमा बालकको परिवारले शवको पहिचान भएको र थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

 

प्रतिक्रिया