

धान कुट्ने मुसलले सौतेनी आमाको हत्या, छोरी पक्राउ

जुम्ला- जुम्लामा सौतेनी आमाको हत्या गरेकाे आरोपमा छाेरी पक्राउ परेकी छिन् । पातारासी गाउँपालिका– ३ छुमगाउँकी ५६ वर्षीया सुवा महताराको हत्या गरेको आरोपमा छोरी नाता पर्ने २६ हाँसु ऐडीलाई प्रहरीले पक्राउ गरेको हाे ।
वैशाख १५ गते साँझ छोरी नाता पर्ने ऐडीले सौतेनी आमा महतारालाई ढुंगा र धान कुट्ने मुसलले प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । घटना वैशाख १५ साँझ भए पनि ढिलो खबर भएपछि प्रहरीको टोली परिचालन गरेर वैशाख १६ गते बिहान हत्या आरोपित ऐडीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल कामतीले बताए ।
छोरीको मानसिक सन्तुलन गुमेको र औषधि खाइरहेको भन्ने बुझिएको छ । घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

