

कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्द जाहेरी दर्ता, दुईवटा नागरिकता लिएको आरोप

काठमाडौं- कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश शिरोहिया विरुद्ध दोहोरो नागरिकताबारे जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको हो ।
सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएको जिप्रका धनुषाले जनाएको छ ।
उनको नाममा जारी भएको नागरिकता नम्बर अर्को व्यक्तिको नाममा जारी भएको, विभिन्न निकायमा शिरोहियाको नागरिकता नम्बर फरक-फरक रहेको जाहेरीमा दावी गरिएको छ ।
धनुषाका प्रमुख एसपी भुवनेश्वर तिवारीले जाहेरी आएको पुष्टि गर्दै आवश्यक प्रक्रिया थालिने बताएका छन् ।

