भोजपुरमा जिप दुर्घटना, एक महिलाको मृत्यु


भोजपुर – भोजपुरमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवास्थित दूधकोशी नदी किनारमा खस्दा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ । घाइतेहरुको नामावली र अवस्था खुल्न सकेको छैन ।

 

प्रतिक्रिया