

अछाममा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना

डोटी – अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर र्दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते भएका छन् ।
मेल्लेख गाउँपालिका-७ नन्देगडाको दुबातल भन्ने ठाउँमा दुर्गा देवी माध्यमिक विद्यालयका विद्यार्थी चढेको से २ त ३१५५ नम्बरको ट्याक्टर दुर्घटना हुदा १५ जना विद्यार्थी घाइते भएको अछामका प्रहरी प्रमुख तुल्सीराम अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार उनीहरु गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भाग लिएर घरतर्फ फर्किँदै थिए । घाइते विद्यार्थीहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको र दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए ।

