

हुण्डी कारोबारमा संलग्न एक जना पक्राउ

काठमाडौं – हुण्डी कारोबारमा संलग्न एक जना पक्राउ परेका छन् । वीरगञ्जबाट बारा कलैयाका ३८ वर्षीय जयराम राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
वीरगञ्ज स्थित माँ अम्बे ट्रेडर्सबाट अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सोही ट्रेडर्समा काम गर्ने कुर्मीलाई स्रोत खुल्न नसकेको नेपाली ७ लाख ७५ हजार ४ सय ७० रुपैयाँ, भारतीय रुपैयाँ ७ हजार ४ सय तथा उनको साथबाट बब्लु राजको नाममा जारी भएको नगद २ लाख र रामप्रसाद पटेलको नाममा जारी भएको ५ लाख ६० हजारको चेकसमेत बरामद गरेको छ ।

