ढोलाहिटीमा २ जनाको हत्याका आरोपी गुरुङले गरे आत्मसमर्पण


काठमाडौं — होलीको दिन ललितपुरको ढोलाहिटीस्थित खाजाघरमा भएको दुई जनाको हत्या घटनाका फरार आरोपीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

हत्यापछि फरार रहेका तेह्रथुमका राजु गुरुङले मंगलबार जिल्ला प्रहरी परिसर ललितपुरमा मंगलबार आत्मसपर्मण गरेको जनाइएको छ । प्रहरीले यस घटनाका मुख्य आरोपीसहित संलग्न अन्य ४ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

फागू पूर्णिमाको राति होटलमा मदिरा खाने दुई समूहबीच झडप हुँदा दुई युवक मारिएका थिए ।

उक्त घटनामा रोवस राई र पुजन राईको धारिलो हतियारले प्रहार गरि हत्या गरिएको थियो ।

प्रतिक्रिया