७१ वर्षीय मनबहादुरले आत्महत्या गर्दा छिमेकीलाई फसाद


गोरखा- गोरखाको सिरानचोक गाउँपालिका-७ अमिलेडाँडका ७१ वर्षीय मनबहादुर खड्कालाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले ४ जनालाई नियन्त्रणमा लिएर मुद्धा दर्ता गरेको छ ।

खड्कालाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै मृतकका छोराले दिएका जाहेरी दरखास्तको आधारमा नजिकैका छिमेकी पर्ने ६० वर्षीय रुपकाजी भन्ने सन्त बहादुर गुरुङ, ५५ वर्षीया बुद्धिकुमारी गुरुङ, ४५ वर्षीय मिनु गुरुङ र पुष्पकुमारी गुरुङलाई आइतबार पक्राउ गरी  मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले बताए ।

गत शनिबार घर नजिकै खनियाको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनले छिमेकी रुपकाजी भनिने सन्त बहादुर गुरुङ र उनका श्रीमती बुद्धिकुमारीलाई जिस्काएकाे भन्दै नवज्योति आमा समूहकी अध्यक्ष मिनु गुरुङ र सचिव पुष्पकुमारी गुरुङको नेतृत्वमा कचहरी बसेर दोसी ठहर गरिएको थियाे । विभिन्न डर धम्की दिएर उनीहरुले मृतक मनबहादुर खड्कालाई  १५ हजार जरिवाना समेत गराएर  बदनाम गरेकाले उनी आत्महत्या गरेको निष्कर्षमा  पुगेको प्रहरीले जनाएकाे छ ।

 

प्रतिक्रिया