

सोमबार विश्वासको मत लिँदै बागमती मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् ।
शुक्रबार प्रदेश सभा सचिवालय हेटौँडामा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता गराएका हुन् ।
सत्ता समीकरणमा हाम्रो नेपाली पार्टीलाई सहभागी गराएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले १९ गते दिउँसो १ बजेका लागि समय माग गर्दै प्रस्ताव पेस गरेका हुन् ।
उनको प्रस्तावलाई प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले समय निर्धारण गरी अघि बढाउने छन् ।

