

कतार उडेको जहाज दुई घण्टापछि काठमाडौं नै फर्कियाे

काठमाडौं- कतार उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज करिब दुई घण्टापछि काठमाडौं फर्किएको छ ।
बिहीबार राति १२ बजे काठमाडौंबाट कतारको लागि उडेको जहाजमा समस्या आएपछि बिहान २ बजे काठमाडौंमा नै अवतरण गरेकाे हाे ।
उड्नसाथ जहाजकाे ‘हाइड्रोलिक सिस्टम’मा समस्या आएको थियो । त्यसपछि ‘क्याबिन क्रु’ले जहाज काठमाडौंमा नै फर्काएर अवतरण गरेका हुन् ।
जहाज मर्मत भइसकेको र उडानका लागि तयारी अवस्थामा रहेको निगमले जनाएकाे छ ।

