

मुलुकका छुट्टाछुट्टै स्थानमा पाँचजना मृत फेला

काठमाडौं – विभिन्न घटनामा परि मुलुकका विभिन्न स्थानमा पाँचजना मृत फेला परेका छन् ।
संखुवासभाको सभापोखरी गाउँपालिका १, तित्रे सामुदायिक वनको धुपु खोलामा सोही गाउँपालिका २, हुतिखिम बस्ने ३३ वर्षीय विश्वेश्वर कोइराला मृत अवस्थामा फेला परेका छन् । अर्घाखाँचीको मालारानी गाउँपालिका ४, चापापानी बस्ने ४७ वर्षीय बिनबहादुर विक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
उदयपुरको कटारी नगरपालिका ४, मुसारी टोल बस्ने २८ वर्षीया गीता सदाय आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । दाङको राजपुर गाउँपालिका १, तप्दारपुर बस्ने ६० वर्षीय छुनिलाल चौधरी घरदेखि अन्दाजी १५० मिटर टाढा सडकमा मृत अवस्थामा फेला परेका छन् ।
यस्तै काठमाडौं महानगरपालिका २७ ठहिटीमा परिचय नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

