

प्रवीण हत्या प्रकरण : एसपी खड्काद्वारा छानबिन प्रतिवेदन सार्वजनिक

काठमाडौं – गत पूसमा संकास्पद मुत्यु भएका मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको हत्या प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ ।
समितिले अन्तिम प्रतिवेदन बुझाएपछि मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले आइतवार पत्रकार सम्मेलन गर्दै प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको नेतृत्वमा फागुन ९ गते तीन सदस्यीय समिति बनाएर घटनाको छानबिन थालिएको थियो ।
प्रवीणको परिवारले प्रहरीले घटनालाई कमजोर बनाउन भूमिका खेलेको तथा दोषीलाई उन्मुक्ति दिने गरी मिसिलमा असम्बन्धित व्यक्तिको फोटो राखेर अनुसन्धान गरेको आरोप लगाएका थिए ।
प्रवीणको हत्यामा संलग्न रहेका रमेश गिरी (घरधनी)को घरमा घटना भएको थियो । गत पुस ५ गते गिरीको घरमा सुत्न गएका प्रवीणको शंकास्पद मृत्यु भएको थियो । सुतेकै ठाउँमा बेहोस अवस्थामा भेटिएको प्रवीणको उपचारका लागि अस्पताल पुर्याएपछि मृत्यु भएको आरोपीहरुले गर्दै आएका थिए ।

