२४ किलो चरेससहित ३ महिला र २ पुरुष पक्राउ


कपिलवस्तु- कपिलवस्तुको कृष्णनगरबाट तीन जना महिला र दुई जना पुरुषलाई २४ केजी ५६० चरेससहित  पक्राउ  परेका छन् ।

रुकुम पूर्वबाट कृष्णनगर हुँदै भारततर्फ जाँदै गरेको सूचनाका आधारमा शंका लागी प्रहरीले कृष्णनगर बजारक्षेत्रमा चेकजाँच गरेको थियो ।

यसक्रममा खनियाबास ५ धादिङका ५९ बर्षीय सेती तामाङको साथबाट ५ किलो ५५५ ग्राम,सोही स्थानका ६६ बर्षीय रेगदोन तामाङको साथबाट ५ किलो ३६५ ग्राम,५२ बर्षीय साङ जोङ तामाङनीको साथबाट ५ किलो ४८० ग्राम, सिध्दकुमाख ४ सल्यानका ४० बर्षीय थलबहादुर रोकाको साथबाट ४ किलो ६१५ ग्राम र भूमे २ रुकुम पूर्वकी ३७ बर्षीय भावना बुढाको साथबाट ३ किलो ५४५ ग्राम लागु औषध चरेस फेला परेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा भावना बुढा मुख्य कारोबारी भएको खुलेको छ ।

प्रतिक्रिया