अर्काको जग्गाको किर्ते लालपूर्जा बनाई ठग्ने ९ जना प्रहरीद्वारा पक्राउ


काठमाडौं – महानगरीय प्रहरी परिसरले अर्काको जग्गाको कीर्ते लालपूर्जा बनाई ठगी गर्ने ९ जनालाई पक्राउ गरेको छ । परिसरका अनुसार यसरी पक्राउ पर्नेमा बेल्जियममा रहेकी थानकोटकी मिना खड्काको नाममा रहेको १ रोपनी ४ आना जग्गा अर्काको नाममा बिक्री गर्ने रहेका छन् ।

पक्राउ पर्नेमा जिल्ला काठमाण्डौ, बुढानिलकंठ न.पा. वडा नं ११ बस्ने बर्ष ४७ को बिजय कुमार खड्का, जिल्ला धादिङ, निलकंठ न.पा. वडा नं. ५ पतेनी हाल जिल्ला चितवन राप्ति न.पा.-२ पिप्ले बस्ने बाल प्रसाद भट्ट, जिल्ला काभ्रे, पनौती नगरपालिका वडा नं. ४  स्थायी वतन भएका रामचन्द्र पुडासैनी समेत भन्ने पुण्डे प्रसाद काफ्ले, जिल्ला संखुवासभा, नुनढाकी गा.पा. ६  स्थायि वतन भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा.-१८ भैंसेपाटी बस्ने बर्ष ५३ को ईन्द्र बहादुर खत्री भन्ने ईन्द्र बहादुर घले रहेका छन् ।

त्यस्तै जिल्ला रामेछाप, साविक गेलु गा.वि.स. वडा नं. ९ हाल मन्थली न.पा. वडा नं. ११ बस्ने बालकृष्ण बुढाथोकी, जिल्ला सिन्धुपाल्चोक, ठूलोधादिङ गा.वि.स. वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, गोकर्णेश्वर ६ बस्ने लक्ष्मी घतानी, जिल्ला ओखलढूंगा, खीजिदेम्बा गाउँपालिका वडा नं. १ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्द बस्ने बर्ष ४६ को बिजय प्रकाश सुनुवार, जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. १० बानेश्वर बस्ने कृष्ण थापा मगर भन्ने कृष्ण बहादुर दर्लामी र जिल्ला झापा, कचनकवल नगरपालिका वडा नं ३ स्थायी वतन भई हाल जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका बस्ने  नर बहादुर कटुवालको छोरा बर्ष ४५ को कृष्ण बहादुर कटुवाल रहेका छन् ।

उनीहरूले जिल्ला म्याग्दी, बरंजा गा.बि.स. वडा नं. २ स्थायी वतन भएकी मीना खड्काको नाममा दर्ता कायम रहेको जिल्ला काठमाण्डौ, साविक थानकोट ५ ‘क’को कि.नं. ४२८ र ४२६ क्षेत्रफल १-४-०-० (वीस आना) भएको जग्गा वास्तविक जग्गाधनि मिना खड्का बेल्जियममा रहेको अबस्थामा मिना खड्काको नामको नक्कली नागरिकता र निजैको नामको सोही जग्गाको नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाई मिना खड्काको नामको नक्कली नागरिकता र निजैको नामको  नक्कली जग्गाधनी प्रमाणपूर्जामा बिवरणहरु वास्तविक मिना खड्काको र फोटो लक्ष्मी घतानीको टाँस गरी सोही आधारमा उक्त जग्गा कृष्ण गोपाल श्रेष्ठु र कृष्णभक्त माक श्रेष्ठन समेतका जाहेरवालालाई बिक्री गरी कुल बहत्तर लाख रूपैयाँ र सोही जग्गा कुमार दाहाल खत्रीलाई राजिनामा पास गरि दिने भनि मिति २०७६।०८।३० मा बैना बापत पैंतीस लाख रूपैयाँ रकम लिई ठगी, लिखत सम्बन्धी कसूर एवं संगठित अपराध गरेको प्रहरीले दाबी गरेको छ ।

उक्त कसुरमा यसअघि नै मालपोट कार्यालय कलंकीका कर्मचारीहरू शाखा अधिकृत दिपक दाहाल, ना.सु. नारायण श्रेष्ठ र खरिदार दीपा पंज्ञानी यसअघि नै मिति २०७७।१०।०७ र ऐ २० गते पक्राउ परी काठमाण्डौ जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए । उनीहरू क्रमशः ४/४ लाख र १ लाख धरौटीमा रिहा भएका थिए । उनीहरू मध्ये दाहाल उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा, श्रेष्ठ मालपोत कार्यालय कलंकीमा र पंज्ञानी राष्ट्रिय कितावखाना ललितपुर हरिहर भवनमा कार्यरत छ्न् ।

उक्त कसुरमा मालपोत कार्यालय कलंकीमा लेखापढीको काम गर्ने स्वीकृति पाएका  लेखापढी ब्यवशायी राजाराम थापा फरार रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

 

प्रतिक्रिया