यसरी गरियो अमेरिका पठाउने भन्दै बन्धक बनाईएका ११ भारतीयको उद्धार (भिडियोसहित)

बन्धक बनाएको आरोपमा १ नेपालीसहित ९ भारतीय सार्वजनिक


काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले अमेरिका पठाउने भन्दै काठमाडौं ल्याएर बन्धक बनाइएका ११ भारतीय नागरिकहरुलाई उद्धार गरेको छ ।

उनीहरुलाई अमेरिका पठाउने भन्दै काठमाडौंको रातो पुलस्थित एक घरमा ल्याएर बन्धक बनाएर राखिएको थियो। बाहिर समेत निस्कन नदिई घरभित्रै थुनेर राखिएको अवस्थामा प्रहरीले उनीहरुलाई उद्धार गरेको थियो ।

नेपाल ल्याएर उनीहरुलाई करिब एक महिनादेखि बन्धक बनाएर राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरुबाट विभिन्न देशका मुद्राहरु, पासपोर्टहरु तथा नक्कली कागजात, रबर स्ट्याम्प समेत बरामद गरिएको थियो ।


भारतीय मानव तस्करको गिरोहले भनेको नमाने उनीहरुलाई पाइपले पिट्दै यातना समेत दिने गरेको पीडितहरुले बताएका छन्। यो विषय बाहिर लगे जे पनि हुनसक्ने भन्दै धम्की समेत दिने गरिएको खुलेको छ। अमेरिका पठाउने भन्दै उनीहरुसँग ४० देखि ४५ लाख रुपैयाँ लाग्ने भन्दै ठगी गरिएको पाइएको प्रहरीले जनाएको छ।

मेक्सिन तथा ब्राजिलियन समय सेट गरिएका घडीहरु पनि बरामद गरिएको छ। पीडितहरुलाई झुक्याउनका लागि त्यसो गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त गौशाला र परिसरको टोलीले संयुक्त रुपमा गरेको अपरेशन ‘डंकी’ नाम दिई टेक्निकल र ह्युमन इन्टेलिजेन्सको प्रयोग गरेर अपरेशन गरिएको थियो ।

काठमाडौं आइसकेपछि ३ हजार डलर र पासपोर्ट बुझाउनुपर्ने भनिएको थियो।

 

घटनामा संलग्न १० जना सार्वजनिक

1140x725

यसैबीच प्रहरीले बन्धक बनाएको आरोपमा एक जना नेपाली सहित पक्राउ परेका ९ जना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरेर ९ जनालाई सार्वजनिक गरेको हो। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेहरुमा अब्दुल रहिम, इन्दुसिंह यादव, चरण जित सिंह, अशोक कुमार, मनिष कुमार मल्होत्रा, निपुन गुप्ता, मोहम्मद सविर मिया र नेपाली नागरिक रामचन्द्र शर्मा छन्।

प्रतिक्रिया