फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाल्ने इन्जिनियर पक्राउ


डडेल्धुरा- फर्जी प्रमाणपत्र पेस गरेर नेपाल टेलिकम डडेल्धुराबाट सिम निकाल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सो घट्नामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सार्वजनिक गरेको छ । बझाङको बित्थडचिर गाउँपालिका–१ का २६ वर्षीय धनबहादुर बोहरालाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । उनी बित्थडचिर गाउँपालिका सिभिल इन्जिनियर समेत हुन। उनले माघ २३ गते बित्थडचिरकै मोहनबहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर अवैध रूपमा सिम निकालेका थिए ।

उक्त सिमबाट सञ्चालित नविल बैंकको मोबाइल बैंकिङ एपबाट ७२ हजार एकसय ट्रान्सफर गरि ३५ हजारको नमस्ते र ३५ हजारकै एनसेलको रिचार्ज कार्ड लिएका थिए । बागबजारको मित्र मोबाइलबाट रिचार्ज कार्ड किनेर उनी बझाङ गएको डीएसपीले दिपककुमार कार्कीले बताए ।

 

प्रतिक्रिया