देउवासँग भागबन्डा नमिलेपछि शेखर–गगनको छुट्टै भेला


काठमाडौं- राष्ट्रिय सभामा संस्थापनसँग भागबन्डा नमिलेपछि कांग्रेसको संस्थापनइतर पक्ष छुट्टै छलफलमा जुटेको छ ।

सत्ता गठबन्धनमा १० सिट लिने समझदारी भए पनि आफूहरूलाई कम सिट दिन खोजेकोमा असन्तुष्टि जनाउँदै कांग्रेसको शेखर पक्ष छुट्टै छलफलमा जुटेको हो ।

नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षका नेताहरूको भेला बालुवाटारस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा चलिरहेको छ ।

सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा संस्थापन इतरले ४ सिट मागेको थियो । तर, देउवा तयार नभएको बुझिएको छ । त्यसपछि इतर पक्षले छुट्टै भेला बोलाएको हो ।

१९ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जसपाले एक सिटमा उम्मेदवारी दिने गठबन्धनमा सहमति छ ।

 

प्रतिक्रिया