


राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित

काठमाडौं- माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।
प्रकाशित नामावली अनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ९३ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २७४ गरी जम्मा ३६७ जना मतदाता कायम भएका छन्। सो अनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४९२९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५२०६ गरी जम्मा १०१३५ मतभार कायम हुनेछ ।
त्यस्तै मधेश प्रदेशमा प्रदेश सभा सदस्यको १०७, पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख २६७ गरी जम्मा ३७४ जना मतदाता छन् ।
प्रदेश सभा सदस्यको मतभार ५६७१ र पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुखको ५०७३ गरी जम्मा १० हजार ७४४ मतभार कायम हुनेछ ।
बागमती प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ११० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २३७ गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन् । सो अनुसार बागमती प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५८३० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४५०३ गरी जम्मा १०३३३ मतभार कायम हुनेछ ।
गण्डकी प्रदेशमा प्रदेश सभा सदस्य तर्फ ६० तथा पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख तर्फको मतदाता १७० गरी जम्मा २३० जना मतदाता कायम भएका छन्। गण्डकीमा प्रदेश सभा सदस्यको मतभार ३१८० र पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुखको मतभार ३२३० गरी जम्मा ६४१० मतभार कायम हुनेछ ।
लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २१८ गरी जम्मा ३०५ जना मतदाता कायम भएका छन् । सो अनुसार लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४६११ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४१४२ गरी जम्मा ८७५३ मतभार कायम हुनेछ ।
कर्णालीमा प्रदेश सभा सदस्यको संख्या ४० छ । पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख १५६ जना छन् । प्रदेश सभाको मतभार २१२० र पालिकाको २९६४ गरी कर्णालीमा जम्मा मतभार ५०८४ हुने छ ।
सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम भएका छन् । सो अनुसार कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २७५६ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ३३४४ गरी जम्मा ६१०० मतभार कायम हुनेछ ।
यस्तो छ मतभार

