
काठमाडौंमा गाँजा मिसाएर केकको अनलाइन व्यापार, घट्टेकुलोबाट व्यापारी पक्राउ
काठमाडौं- केकभित्र गाँजा राखेर बिक्री वितरण गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंको घट्टेकुलोबाट विशन मानन्धरलाई पक्राउ गरेको हो ।
इन्स्टाग्राममा अकाउन्ट बनाएर उनले अनलाइनमार्फत युवा लक्षित कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको ब्युरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।
प्रहरीले उनको घरबाट गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोला एक सय ७८ ग्राम, ७ सय ५४ ग्राम गाँजा बरामद भएको जनाएको छ ।



कागजपत्र |
