बाजुरामा गर्भवती महिलामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ, श्रीमान् र देवर किन समातिए ?


काठमाडौं– बाजुरामा एक गर्भवती दलित महिनामाथि बलात्कार भएको छ । उनलाई बलात्कार गरेको आरोपमा जंगसिंह बुढा नामका व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले पीडित महिलाका श्रीमान् र देवरलाईसमेत पक्राउ गरेको छ । बलात्कारमा संलग्न आरोप लागेका बुढालाई कुटपिट गरेको अरोपमा महिलाका श्रीमान र देवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कविन्द्र बोहराले बताए ।

दुई पक्षलाई थुनामा राखी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए ।

 

प्रतिक्रिया