

राजसंस्था पुर्नस्थापना र हिन्दू राष्ट्र घोषणाका लागि आन्दोलन गर्ने राप्रपाको निर्णय

काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुर्नस्थापना र हिन्दू राज्य घोषणाका लागि सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।
आइतबारदेखि चलेको केन्द्रीय कमिटीको बैठकबाट उक्त निर्णय भएको हो । त्यस्तै बैठकले प्रदेश संरचनाको खारेजीको माग राख्दै समेत आन्दोलन गर्ने निर्णय गरेको छ ।
राप्रपाको आन्दोलन मूल आयोजक समितिको अध्यक्ष राजेन्द्र लिङ्देन र आन्दोलन परिचालन समितिको संयोजकमा महामन्त्री धवल शमशेर राणा रहने गरी निर्णय भएको छ ।
यस्तै केन्द्रीय कार्यसम्पादन समितिबाट भएका निर्णयहरु पनि अनुमोदन भएको छ ।
यस्ता छन् निर्णय

