
भोजपुरमा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
भोजपुर- भोजपुरमा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । षडानन्द नगरपालिका– १३ मुखिया टोल बस्ने ३१ वर्षीय सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठले ती बालिकालाई मंसिर २८ गते साँझ सोही ठाउँस्थित कोदोबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानएको छ ।



कागजपत्र |
