तरुण दलले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउने


काठमाडौं- नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले जाजरकोट भुकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्ने भएको छ ।

बुधबार बसेको तरुण दलको पहिलो केन्द्रीय समितिको बैठकले संगठनका सदस्यहरुबाट संकलन भएको रकमबाट भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउने निर्णय गरेको केन्द्रीय सदस्य निर्मलराज पौडेलले बताए ।

भूकम्प गएपछि तरुण दलले ती क्षेत्रमा न्यानो कपडा र खाद्यान्नका सामग्री वितरण गरिसकेको जानकारी दिँदै तरुण दलका अध्यक्ष विद्वान  गुरुङले अब अस्थायी आवास निर्माण गर्ने अभियान सुरु गर्ने भएको बताए ।

 

प्रतिक्रिया