

आईतबार खुलेको ५ मिनटमै सेयर बजारमा भव्य उत्साह

काठमाडौँ – मौद्रिक नीतिको समीक्षा लगत्तै आईतबार सेयर बजारमा भव्य उत्साह देखिएको छ ।
आइतबार बजार खुलेको ५ मिनटमा नै नेप्से सूचक ७४.२० अंकले बढेर १९ सय २६.९८ अंकमा पुगेको छ । तर, कारोबारमा तीव्रता आएसँगै सो लोड नेप्सेको वेबसाइटले धान्न सकेको छैन । जसका कारण साइट नै स्थिर बन्न पुगेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेको छ । मौद्रिक नीतिले घरजग्गासँगै, सबै प्रकारका रियल स्टेट व्यवसाय र सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) को समेत जोखिमभार घटाइदिएको थियो ।
केन्द्रीय बैंकले ५० लाखमाथिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारिदिएको छ । योसँगै उत्साहित बजारमा पहिलो कारोबार दिन नै ७४ अंकको माथिको वृद्धि आएको हाे ।

