तोलामा १३०० रुपैयाँ घट्यो सुनको मूल्य


काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

शुक्रबार तोलामा १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १३०० रुपैयाँ घटेर १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको हो।

यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच आइतबार चाँदीको मूल्य तोलामा १४२५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार चाँली तोलामा १४६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया