

श्रीमानको हत्या गरेर झाडीमा लुकाउने महिला पक्राउ

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटीमा श्रीमानको हत्या गरको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्ने दमौटीकी ४० वर्षीया निरकुमारी राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
निरकुमारीले श्रीमान् ६० वर्षीय श्याम राईको हत्या गरी नजिकै जंगलको झाडीमा शवलाई स्याउलाले छोपेर राखेको अवस्थामा मंगलबार स्थानीयले देखेपछि घटनाका बारेमा प्रहरीमा खबर गरेका थिए । निरकुमारीले श्यामको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी जनाएको छ ।
दैनिक मादक पदार्थ सेवन गरेर श्रीमान् घर आउने र झगडा गर्ने गरेका कारण आफूले हत्या गरेको निरकुमारीले बयान दिएको प्रहरीले जानकारी दिएको छ ।

