

विराटनगरको कवाडी गोदाममा आगलागी: एकजनाको मृत्यु, चार घाइते

विराटनगर- विराटनगरमा रहेक एउटा कवाडी गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो आगलागी भएको हो ।
मृतकको पहिचान खुलेको छैन । अन्य घाइतेमध्ये तीनजना अजिता सरदार, सुशीला पासवान, पिंकी कामतको न्यूरोमा र एकजना किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ ।
गोदाममा लागेको आगो अझैसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

