

नेपालीलाई रूसी सेनामा पठाएको आरोपमा १२ जना पक्राउ

काठमाडौं- नेपाली युवालाई अवैध रूपमा रूसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले भिजिट भिसामा नेपालीहरुलाई भारतको बाटो हुँदै रुसमा पठाएको र त्यहाँको सेनामा भर्ती हुन सघाएको आरोप छ ।
हालै रुसी सेनामा कार्यरत ६ जना नेपाली नागरिकहरुको निधन भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गङ्गाराम मोक्तान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

