चिर्पट प्रहार गरी बुवाको हत्या


रसुवा- उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको हत्या गरेका छन् । बुबा ६५ वर्षीय छेवाङ तामाङको हत्या गरेको अभियगमा गोसाइँकुण्ड गाउँपालिका–५ सानो भार्खु बस्ने ४० वर्षीय गोपाल तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

गोपालले मादक पदार्थ सेवन गरी चिर्पट प्रहार गर्दा छेवाङ गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी स्याफ्रुबेंसीबाट खटिएको प्रहरीले गोपाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया