‘इकु’सहित ९ कलाकार जुवाखालबाट पक्राउ


काठमाडौं – प्रहरीले काठमाडौँको मैतिदेवीबाट कलाकार सुलेमान शंकर (इकु सुलेमान) सहित ९ जना कलाकारलाई पक्राउ गरेको छ । मैतिदेवीस्थित डान्सबारमा संचालित जुवा खालबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गायक चक्र बम, शंकर आचार्य, सुलेमान शंकर र नरेन्द्र विष्टसहित ९ जना छन् । जुवा खालबाट प्रहरीले १ लाख ९० हजार रकम बरामद गरेको छ । शनिबार राति पक्राउ गरेर उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ ।

कलाकारहरुलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा थुनामा राखिएको छ ।

 

प्रतिक्रिया