यी हुन् अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका ३ लुटेरा…


काठमाडौं – उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोकर्णेश्‍वर नगरपालिका–३  जगडोलबाट ३ जना लुटेरा पक्राउ गरेको छ ।

लुट्नका लागि पेस्तोल र फलाम काट्ने कैँचीसहित ३ मोटरसाइकलमा हिँडेको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयले चलाएको विशेष अपरेशनमा ३ जना पक्राउ परेका छन् ।

जगडोल नजिकै जम्काभेट भएपछि प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली हानेर नियन्त्रणमा लिइएको हो ।

महाशाखाको टोलीले कमलामाई नगरपालिका–२, सिन्धुली घर भएका ३६ वर्षीय अमर घलान, सर्लाहीका शान्त लामा र सिन्धुपाल्चोकका जितेन लामालाई २ मोटरसाइकलसहित पक्राउ गरेको हो ।

प्रहरीको गोली लागी सिन्धुलीका घलान घाइते भएका छन् । उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेज (एनएमसी) अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूसँगबाट प्रहरीले ७ राउन्ड गोली, पेस्तोल र एक थान फलाम काट्न प्रयोग हुने कैंची बरामद गरेको छ ।

५ जनाको समूहमा रहेको उक्त टोलीका अन्य २ जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले लामो समयदेखि राजधानीलगायतका क्षेत्रमा पेस्तोल लिएर डलर र सुन लुटपाटको घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।

र यो पनि…

प्रहरीमाथि आक्रमण गर्न लागेपछि प्रहरीले चलायो गोली

डलर देखाएर लुटपाट गर्ने गिरोहमाथि महाशाखाको अपरेशन

प्रतिक्रिया