

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

काठमाडौँ – सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका एकजना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)ले राजीनामा दिएका छन् ।
एसएसपी योगबहादुर पालले राजीनामा पेश गरेको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले बताए । डीआईजी कडायतले भने– ‘राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको छ ।’
सुदूरपश्चिम प्र्देश कार्यालयमा रहँदा एसएसपी पालले दुव्र्यवहार गरेको भन्दै एकजना महिला सहायक हवल्दारले १९ जेठमा उजुरी गरेकी थिइन् ।
त्यसबारे डीआईजी सुरेन्द्र मैनाली नेतृत्वको छानविन समितिले पाललाई बर्खास्त गर्न सिफारिस गरेको छ । छानविनका लागी गृह मन्त्रालयले उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
आफुमाथि कडा कारबाही हुने संकेत पाएपछि उनले राजीनामा दिएको तर स्वीकृत भइनसकेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

