काठमाडाैंको महाराजगन्जमा शंकास्पद वस्तु फेला


काठमाडाैं – राजधानीको महाराजगन्ज चोकमा मंगलबार साँझ शंकास्पद वस्तु फेला परेको छ ।

प्रहरीका अनुसार बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो ।

वेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया