थप ५ हजार ७ सय ४३ लाई कोरोना संक्रमण


काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा यो संख्यामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार बुधबार कोरोनालाई जितेर २ हजार ९ सय ९६ जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । संक्रमितमध्ये ९९ हजार ६ सय ५ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ७९१ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया