


कोसीका नवनियुक्त मुख्यमन्त्री थापाविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’मा

विराटनगर – कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट आज पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ। रिटको पेशी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको थियो ।
आइतबार प्रारम्भिक सु्नुवाइका लागि पेशी तोकिए पनि पछि ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो। आइतबार रिटको पेशी न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको थियो।
कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा (एमाले) ले गत शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएको थियो।

