प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्रीले स्पष्टीकरण दिने


काठमाडौं – संघिय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक सुरु भएको छ । केही दिनदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण रकिंदै आएको बैठक आज केही बेर अघि सुरु भएको हो ।

बैठकमा नेकपा एमालेले प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डको एक अभिव्यक्तिलाई लिएर दुवै सदनको बैठक अवूद्ध गर्दै आएकोमा आज बसेको तीन दलको शीर्ष नेताबीच सहमती भएपछि संसद सुचारु भएको हो । प्रधानमन्त्रीले एक कार्यक्रहममा बोलेको विवादित अभिव्यक्तिमाथि स्पष्टिकरण दिने सहमती भएको छ ।

बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु उठे । त्यसपछि सभामुख देवराज घिमिरेले सांसद गोकुल बास्कोटाले एमालेका तर्फबाट धारणा राखेका छन् । त्यसपछि रास्वपा सांसद रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले धारणा राखेका छन् ।

 

प्रतिक्रिया