


पार्किङ सुविधा नदिएपछि कानून व्यवसायी आक्रोशित

काठमाडौं – काठमाडौं जिल्ला अदालतमा आफूहरुलाई पार्किङको सुविधा उपलब्धन गराएको भन्दै कानून व्यवसायीले आक्रोश पोखेका छन्।
उनीहरुले जिल्ला अदातलको भवनमा भएको पार्किङका लागि छुट्याइएको स्थानमा क्यान्टिन सञ्चालन गर्न दिएको तर सेवाग्राही र कानून व्यवसायी पार्किङको अभावमा समस्या भोग्दै आएको भन्दै आपत्ति जनाएका छन् ।
सोमवार जिल्ला अदालत परिसरमा भेला भएर ध्यानाकर्षण पत्र बुझाउने तयारीमा रहेका उनीहरुको जिल्ला अदालत काठमाडौंले पत्र लिन नमानेपछि आक्रोशित भए । उनीहरुले जिल्ला अदालतको भवन नक्सापास नै नगरी निर्माण गरेको भन्दै आरोप लगाएका छन् ।
सहभागीमध्ये एक कानून व्यवसायीले भने, ‘हामीले सुनेका छौं यो अदालतले नक्सापास नै नगरि भवननिर्माण गरेको छ । अरुलाई नक्सापास गरेर घर बनाउभन्ने आदेश दिने न्यायालयले मापदण्ड विपरित नक्सापास नै नगरि बनाउने, आफूले नक्सापास गर्न पर्दैन ?’
त्यस्तै, कानून व्यवसायीले अदालतको तीनतले भवनमा रहेको पार्किङ वेसमेन्टमा एक साताभित्र पार्किङ गर्ने व्यवस्था नगरे सेवाग्राहीसंगै आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । नक्सा नै पास नगरी भवन निर्माण गरेको आरोप लगाएका उनीहरुले स्थानीय सरकारलाई समेत सो सम्बन्धमा छानविन गर्न आग्रह गरे ।

