

धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट एक युवतीसहित लागूऔषधमा संलग्न दुई जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका-८ धनगढी गाँउबाट ४ ग्राम ५ सय मिलिग्राम लागूऔषधसहित शनिवार दिउँसो एक युवतीसहित दुई जना पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका-८ का १९ वर्षीय रन्जीत राना र २० वर्षीया युवती पुष्पा राना लागूऔषधसहित पक्राउ परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुबै जनालाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।

