

जङ्गलबाट दाउरा ल्याइँदै

दाङको बङ्लाचुली गाउँपालिका–२ मर्पेसका स्थानीयवासी खाना पकाउनका लागि नजिकैको जङ्गलबाट घरतर्फ दाउरा ल्याउँदै । यहाँका सर्वसाधरणले खाना पकाउनका लागि दाउराको नै प्रयोग गर्ने गरेका छन् ।
बर्खाको यो बेला वनमा दाउरा संकलन गरेर ल्याउन मात्र सकस छैन, दाउरा भिजेर चिसो हुने भएकाले बाल्न समेत समस्या हुने गरेको छ । तस्वीर : कुलदीप न्यौपाने / रासस

