
लालबहादुर कुँवर सर्वोच्चको मुख्य रजिस्ट्रारमा नियुक्त
काठमाडौं – सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर नियुक्त भएका छन् । सर्वोच्चकै रजिस्ट्रारमा कार्यरत कुँवर आज मुख्य रजिस्ट्रारमा नियुक्त भएका हुन् । माघ ११ गते बसेको न्यायपरिषद्को बैठकले तत्कालिन मुख्य रजिस्ट्रार नृपध्वज निरौंलालाई मुख्य न्यायाधीश नियुक्त गरेपछि सर्वोच्चमा मुख्य रजिस्ट्रारको पद रिक्त थियो ।



कागजपत्र |
