१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी, अभियुक्त पक्राउ


काठमाडौं – १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने धनुषा महेन्द्रनगर नगरपालिकाका २१ वर्षीय दिपेन्द्र मण्डल रहेका छन् ।
मण्डललाई हिजो (शनिवार) साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मण्डलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया