तेस्रो चरणको आन्दोलनको तयारीमा प्रचण्ड–नेपाल समूह


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूह प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारीमा रहेको छ ।

उक्त समूहले आइतबार पत्रकार सम्मेलन गर्दै तेस्रो चरणको आन्दोलन घोषणा गर्न लागेको हो ।

आइतबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर आन्दोलनबारे जानकारी दिइने उक्त समूहका नेता विष्णु रिजालले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक भएको नेकपा प्रचण्ड–नेपाल पक्षले बताउँदै आएको छ। विघटनबारे सर्वोच्च अदालतमा परेका रिटहरुमा सुनुवाई भइरहेको छ ।

 

प्रतिक्रिया