आधा किलोभन्दा बढी सुनसहित हेटाैंडाबाट एक जना पक्राउ


हेटौँडा – मकवानपुर प्रहरीले आधा किलोभन्दा बढी सुन सहित एकजनालाई हेटौँडाबाट पक्राउ गरेको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेमा प्रहरीले ५६१ दशमलव ३० ग्राम सुन सहित एकजनालाई पक्राउ गरेको हो ।

arrest (2)

आज बिहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेका छन् । उक्त सुनको मूल्य ५४ लाख भन्दा बढी रहने जनाइएको छ ।

प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार उनले जुत्तामा उक्त सुन लुकाएर राखेको अवस्थामा प्रहरीले पक्राउ मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए ।

प्रतिक्रिया