तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ – सुनको मूल्य आज घटेको छ ।

आज तोलामा ९ सय रुपैयाँले घटेर तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया